नेप्सेमा सर्वोत्तम सिमेन्टको सेयर सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको सेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सुचिकृत भएको हो ।

सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

सेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको सेयर कारोबार हुन सक्ने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *