धितोपत्र बोर्ड अध्यक्षको लागि ५ जनाको नाम सर्टलिष्टमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि आबेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ । आबेदन दिएका १९ जना मध्ये ५ जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो ।

बोर्ड अध्यक्षको लागि सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा नबराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र डा विमलकुमार तिवारी रहेका छन् ।

आबेदन दिएका १९ जना मध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको स्रोतको दाबी छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *