झिनो अंकले बढ्यो सेयर बजार, ३ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजारमा सोमबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक आज ३.२७ अंकले बढेर २०७३.५३ को विन्दुमा बन्द भएको छ।

आज ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । झिनो अंकले बढेको बजारमा आज १४८ कम्पनीको सेयरभाउ बढेको छ भने ८५ वटाको घटेको छ। यो दिन १० वटा कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवम सिमेन्ट २० करोड ३० लाख रुपैयाँ,सोनापुर मिनरल्स १३ करोड ४६ लाख रुपैयाँ,अपर तामाकोशी ११ करोड ६४ लाख रुपैयाँ,घोराही सिमेन्ट ७ करोड ४३ लाख रुपैयाँ,पिपुल्स पावर ६ करोड ४५ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक ६ करोड १८ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ५ करोड ५८ लाख रुपैयाँ,कामना सेवा विकास बैंक ४ करोड ३९ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक ४ करोड १८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *