गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरू उठेर विरोध गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न भनेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताउँदै राजीनामा माग गरेका हुन्।

‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्,’ उनले भने।

अनुसन्धान घेरामा रहेका व्यक्तिलाई अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनले बताए।

३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी संचालकको बचतबाट आफूहरूको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने बताए। यस सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि उनको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *