प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिएका छन् । पौडेलले २०७६ साल साउन एक गतेदेखि कम्पनीको प्रमुख कार्यकरी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए ।
चार वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् । पौडेलले राष्ट्र बैंकबाट अवकास पाएपछि प्रभु लाइफमा सीइओको रुपमा नियुक्त भएका थिए । उनले आगामी वैशाख एक गतेदेखि लागू हुने गरी राजीनामा पेश गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । कम्पनीको संचालक समितिको फागुन १८ गते बसेको ११६ औं बैठकले उनले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
पौडेलको राजीनामा वैशाख एक गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए