सत्ता गठबन्धनले लगायो १९ मन्त्रालयको टुंगो

काठमाडौं। नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुंगो लगाएको छ।

चार दलीय गठबन्धनमा नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको छ।

हालसम्म माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठको नाम तय भइसकेको छ। यस्तै, रास्वपाबाट गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिइएको छ।

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जाने अन्य तीन जनामा उपसभापति डीपी अर्यालले श्रममन्त्री, विराजभक्त श्रेष्ठले खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्रीको जिम्मा पाउने भएका छन्।

नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री बनाउने भएको छ। एमालेबाट पदम गिरी, महासेठ, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी मन्त्री बन्ने भएका छन्।

महासेठले भौतिक मन्त्रालय पाउने भएका भए पनि सात जनाको मन्त्रालय टुङ्गो लागेको छैन। जसपाले पनि अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन । अब २ राज्यमन्त्री सहित ६ मन्त्रालय टुङ्ग्याउन भने बाँकी नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *