घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *