भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापर मेला सुरु, ७५ प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । एक कार्यक्रमबीच आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मेलाको उद्घाटन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले नेपाल जुत्ता चप्पलमा अत्मनिर्भर बन्दै गएको बताए । यस्तो मेलाले नेपाली उत्पादन जुत्ताचप्पल व्यवसायको विकास र विस्तारमा ठूलो भूमिका खेल्ने बताउँदै सचिव निरौलाले नेपाली जुत्ताचप्पलको उत्पादनको खपत बढाउँन नीति नै परिमार्जन गरेर सबै सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गर्र्नु पर्ने सर्कुलर जारी भएको जानकारी दिए ।

त्यसैगरी मेलाको आयोजक मध्यपुर जुत्ता उद्योगका प्रोपाइटर लक्षमण मग्रातीले उत्पादक र उपभोक्ताको दुरी मेटाउन मेला आयोजना गरेको बताएका छन् । ‘हामिले सस्तो मूल्यमा जुत्ताचप्पाल राखेका छौँ । १५ देखि ७५ प्रतिशत सम्म छुटको व्यवस्था गरिरहेका छौँ’, मग्रातीले भने, ‘यहाँ आएर जुत्ता चप्पल खरिद गरि लाभ लिन सक्नु हुनेछ । यो मेला १ महिना लागदै छ ।’

मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा भएको हो । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । मेलामा स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न ब्राण्ड का झण्डै एक हजार भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् । मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *