लिग २ : नामिबियाले गुमायो दोस्रो विकेट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो ओभरमा आफ्नो २ विकेट गुमाएको हो ।

पहिलो विकेटको रुपमा निकोलस डाभिनलाई रन आउट गराएको नेपालले दोस्रो विकेट जेपी कोड्जेलाई बोल्ट आउट गरायो । नेपालका कप्तान रोहीत पौडेलले जेपी लाई आउट गरे यसअघि दिपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए ।

कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७। १ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि९इटनले समान ४र४ तथा ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *