सितापाइलामा पुरुषकाे शव झुण्डिएको अवस्थामा, श्रीमती र छोराछोरी घरमा मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमानको शव झुण्डिएको अवस्थामा फेला परेको छ। काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले दिएको जानकारी अनुसार मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेकाछन्।

उनका श्रीमती र दुई छोरीहरू कोठाभित्रै मृत फेला परेका थिए। रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *