नेपालले गुजरात र बरोडासँग टी-२० फ्रेन्डसीप कप खेल्ने

काठमाडौं । नेपालले भारतको क्षेत्रीय टीमसँग टी-२० फ्रेन्डसीप कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले चैत १८ गतेदेखि हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। जसमा भारतको क्षेत्री टिम गुजरात र बरोडा रहेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला क्यानले भारतीय टोलीसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको थियो। सोही प्रस्तावअनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले क्षेत्रीय टोलीसँग नेपालको प्रतिस्पर्धाका लागि राजी भएको बताइएको छ। तालिका अनुसार नेपालले चैत १८ गते गुजरातसँग खेल्नेछ।

त्यस्तै दोस्रो खेल चैत २० गते नेपाल र बरोडा, २१ गते नेपाल र गुजरात र २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ। समूहको पहिलो र दोस्रो टिमले चैत २५ फाइनल खेल्नेछ। उक्त खेलहरू गुजरातको भापी रंगशालामा आयोजना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *