चौधरी ग्रुपले सार्वजनिक गर्‍यो ‘एआईओएन वाई’ विधुतीय गाडी (तस्बिरहरू)

काठमाडौं। चौधरी ग्रुपले विद्युतीय गाडीको नयाँ ब्राण्ड आयोन वाइ नेपालमा भित्र्याएको छ। थापाथलीमा नयाँ शोरुम स्थापनासँगै चौधरी ग्रुपले जीएसी आयोन ब्राण्डको विद्युतीय गाडी ‘आयोन वाइ’ सार्वजनिक गरेको हो।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज गाडी सार्वजनिक गरेका हुन्। निकै उपयुक्त मूल्यमा गाडीको बिक्री सुरु भएको चौधरीले बताएका थिए। यसको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरिएको उनले जानकारी दिए।

गाडीको लम्बाइ ४५ हजार ३५० एमएम, चौडाइ १८७० एमएम र उचाई १६५० एमएम छ। यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिने छ। कम्पनीले १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ।

कप होल्डर, वायरलेस चार्जर पनि यसमा पाउन सकिने छ। आयोन वाइमा ६१.५किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ। चाैधरी ग्रुपले यसअघि नेटा भी विद्युतीय सवारी पनि बजारमा ल्याइसकेकाे छ ।


Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *