काठमाडौं। सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेड १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा दाङको घोराही उपमहानगरपालिका १५ होटल माला इनमा सम्पन्न भएको हो।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९/०८० को नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको कम्पनीले जनाएको छ।
यसैगरी आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचनाकुमारी ओझा निर्विरोध निर्वाचित भएका छन्।







