सेयर बजारमा सुधार, २ अर्ब ८४ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन बुधबार पनि सुधार देखिको छ। आज सेयर बजार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ।

आज दिनभरिमा ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन नेप्सेमा १६८ कम्पनीको सेयरभाउ बढ्दा ६८ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ .२५ प्रतिशतका दरले गुमाएका छन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

रिलायबल नेपाल लाइफः ६ करोड ६२ लाख रुपैयाँ,ङादी ग्रुप पावरः ६ करोड ५९ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ६ करोड ११ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ५ करोड ८६ लाख रुपैयाँ,युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४७ लाख रुपैयाँ,आइएमई लाइफः ५ करोड २६ लाख रुपैयाँ,सोल्टी होटेलः ५ करोड १६ लाख रुपैयाँ,चन्द्रागिरी हिल्सः ४ करोड ७५ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावरः ४ करोड ७२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *