ग्राहकको रोजाइमा विद्युतीय सवारी : सारथि बन्दै ‘नबिल अटो लोन’, न लिन झन्झट न तिर्न

काठमाडौं चार महिना अघिसम्म टेम्पो चलाउने विकास खत्रीको दैनिकी अहिले बदलिएको छ । अहिले उनी विद्युतीय सवारी (माइक्रोबस) चलाउँछन् । उनको विद्युतीय सवारी चलाउने रहर नबिल बैंकले पूरा गरिदिएको छ । उनले नबिल बैंकबाट ४५ लाख रुपैयाँ अटो लोन लिएर माइक्रोबस किनेका छन् । तैपनि ४५ लाख ऋणमा छु भन्ने चिन्ता छैन, सजिलै तिर्न सक्छु भन्ने आत्मविश्वास छ । उनी भन्छन्, ‘चलाउन पनि सजिलो । फाइदा पनि हुने । अटोबाट भन्दा राम्रो कमाइ छ । किस्ता बुझाएर पनि दैनिक खर्च पुगेकै छ । ऋण छ भनेर अत्तालिएको चाहिँ छैन । लोन तिरेर पनि बचत गरेकै छु । परिवार धान्न पुगेकै छ ।’

चार्जिङ स्टेसन कम हुँदा भने समस्या झेल्नु परेको उनी सुनाउँछन् । ‘चार्जिङको चाहिँ समस्या छ । यसमा राज्यले पनि ध्यान दिनुपर्यो । चार्जिङ स्टेसन बढाउनु पर्यो ।’ उनले भने । विद्युतीय सवारी वातावरणमैत्री पनि भएकोले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनी बताउँछन् ।

काठमाडौंका कविराज श्रेष्ठ पनि पेट्रोलबाट चल्ने ट्याक्सी छाडेर अहिले विद्युतीय ट्याक्सी चलाउन थालेका छन् । करिब २ दशकदेखि पेट्रोलबाट चल्ने ट्याक्सी चलाइरहेका श्रेष्ठ विद्युतीय ट्याक्सीबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘पहिला पेट्रोल हाल्दा हाल्दा हैरान हुन्थे । अहिले कमाइ पनि राम्रै छ । चलाउन पनि सहज नै छ । पेट्रोलमा खर्च हुने पैसा सबै बचत हुन्छ ।’ श्रेष्ठले मासिक २ लाख रुपैयाँसम्म कमाउँछन् । अनलाइन बुकिङले गर्दा पनि उनलाई झनै सहज बनाइदिएको छ । ट्याक्सी चलाएर नै सजिलै जीविकोपार्जन भइरहेको उनी बताउँछन् ।

विद्युतीय ट्याक्सी किन्नका लागि कर्जा सहजीकरण गरिदिन विभिन्न बैंक धाउँदा पाएको नमिठो अनुभव सुनाउँदै श्रेष्ठ भन्छन्, ‘अटो लोन बुझ्नका लागि विभिन्न बैंक धाएँ । तर कतै पनि सोचेजस्तो सहज भएन । अन्य बैंकमा झन्झट व्यहोरेपछि नबिल बैंक पुगेँ । त्यहाँ पुगेपछि बैंकले सबै कुरामा सहजीकरण गरिदियो । प्रक्रिया पूरा गरेको एक हप्ताभित्र नै बैंकले ऋण स्वीकृत गरिदियो । ट्याक्सी किनेपछि अहिले सन्तुष्ट पनि छु । खुशी पनि छु । ‘

कविराजसँग ३९ लाख रुपैयाँ ऋण छ । तर सजिलै तिर्न सक्नेमा उनी पनि ढुक्क छन् । पेट्रोलमा लाग्ने खर्चले नै किस्ता तिर्न पुग्ने उनी बताउँछन् । विद्युतीय ट्याक्सीमा एकपटक चार्ज गरेपछि २२० देखि २३० किलोमिटरसम्म माइलेज दिने उनी बताउँछन् ।

त्यस्तै, माइक्रोबस व्यवसायी डोलनाथ खनाललाई पनि विद्युतीय गाडीले थप सन्तुष्टि दिलाएको छ । करिब ३ दशकदेखि ड्राइभिङ पेसा गरिरहेका खनाललाई विद्युतीय सवारीले छोटो समयमा नै मन जितेको छ । उनले विद्युतीय सवारी चलाउन थालेको करिब तीन/चार महिना मात्र भयो । तर उनी निकै खुशी छन् । उनी भन्छन्, ‘मैले गाडी चलाउन थालेको करिब ३० वर्ष भयो । तर डिजेल/पेट्रोलबाट चल्ने गाडीभन्दा विद्युतीय गाडी धेरै सस्तो पर्न जान्छ । डिजेल/पेट्रोलबाट चल्ने गाडीमा सर्भिसिङदेखि फ्यूल चार्जमा उत्तिकै खर्च हुन्छ । कमाइको आधाभन्दा बढी रकम खर्च गरेरै सकिन्छ । इलेक्ट्रोनिक सवारीमा भने त्यो खर्च सबै बच्छ ।’

तर, चार्जिङ स्टेसन पातलो हुँदा भने अलिक असहज भएको उनी बताउँछन् । विद्युतीय माइक्रोबसले एकपटक चार्ज गरेपछि १८० देखि २०० किलोमिटरसम्म माइलेज दिने उनको भनाइ छ । चार्जिङ स्टेसन कम भएकै कारण लामो दूरीको यातायातका लागि भने त्यति सहज नहुने उनी बताउँछन् ।

उनले पनि नबिल बैंकबाट अटो लोन लिएर विद्युतीय माइक्रोबस चलाइरहेका छन् ।

पहिलो रोजाइ बन्दै ‘नबिल अटो लोन

नबिल बैंकले विगत लामो समयदेखि अटो लोन अर्थात् सवारी साधन कर्जा प्रवाह गर्दै आइरहेको छ । समयसँगै आफूलाई थप परिस्कृत बनाउँदै लैजाने नबिल बैंकले अहिले विद्युतीय सवारी कर्जालाई प्राथमिकतामा राखेको छ । बैंकले पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा रूपान्तरण गर्नमा प्राथमिकताका साथ लगानी गरिरहेको छ । बैंकले हालसम्म ५०० देखि ६०० सम्म विद्युतीय ट्याक्सीलाई लोन प्रदान गरिसकेको छ ।  यस बाहेक पनि छोटा तथा लामो दूरीमा चल्ने बस, माइक्रो लगायतका विभिन्न व्यक्तिगत तथा सार्वजनिक सवारी खरिदका लागि पनि बैंकले सहज रूपमा कर्जा प्रदान गरिरहेको छ ।

नबिल बैंकको ‘अटो लोन’ चालक तथा व्यवसायीको पहिलो रोजाइमा पर्दै आइरहेको छ । सर्वसाधारणलाई सजिलै कर्जा उपलब्ध गराउने भएकै कारण पनि चालक तथा व्यवसायीको रोजाइमा नबिल अटो लोन पर्दै आएको हो । ७ लाख रुपैयाँदेखि माथि प्रवाह गरिने यस कर्जामा ८० प्रतिशतसम्म फाइनान्सिङ गरिने बैंकले जनाएको छ । बैंकले बेस रेटमा ३ प्रतिशतसम्म जोडेर ब्याज लिने गरेको छ ।

नबिल बैंकले बिना झन्झट छोटो समयमा नै कर्जा उपलब्ध गराउने ग्राहकहरु नै बताउँछन् । बैंकले अटो लोन सम्बन्धी जानकारी लिन चाहने ग्राहकहरूका लागि पुल्चोक शाखामा डेडिकेडेट हब बनाएर एउटा युनिट नै छुट्टाएको छ । जहाँबाट ग्राहकहरूले बिना झन्झट कम समयमै अटो लोन सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । बैंकले सवारी साधन कर्जा लिनेहरुका लागि सुरुवाती चरणबाट नै काउन्सिलिङको व्यवस्था पनि गर्दै आइरहेको छ । बैंकले यो कर्जा योजनालाई सस्टेनेबल बैंकिङ योजना भित्र समावेश गरेको छ ।

कसरी लिने ऋण ?

व्यवसाय गर्ने इच्छा सबैमा हुन्छ । तर सञ्चालनका लागि इच्छाशक्ति हुँदाहुँदै पनि पुँजी अभाव हुनसक्छ । पुँजी जुटाउन बैंक तथा वित्तीय संस्थाको ढोका ढकक्याउनुपर्ने हुन्छ । कसैले इच्छा र चाहना राखेकै भरमा बैंक तथा वित्तीय संस्थाले सहजै ऋण भने दिंदैन । ऋण लिनका लागि आवश्यक प्रक्रिया पूरा गरेसँगै व्यक्ति तथा संस्थामा इच्छाशक्ति र तिर्न सक्ने क्षमता दुवै हुनुपर्छ ।

नबिल बैंकको अटो लोन लिनको लागि ग्राहकहरुले आफूले खरिद गर्न चाहेको सवारी साधन सञ्चालनमा आफ्नो अनुभवसहितको पत्र पेश गर्नुपर्नेछ । त्यस्तै, रुटको सवारी खरिदका लागि पनि सवारी चालकको अनुमति पत्र र अनुभव पत्र पेस गर्नुपर्ने हुन्छ । तर बाँकी स्टक सम्पत्ति धितो राख्नु पर्दैन । ग्राहकले खरिद गर्ने सवारीलाई नै आधार मानेर बैंकले लोन पास गरिदिन्छ ।

विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्ट भने आफैले जुटाउनुपर्ने हुन्छ । जसमा बैंकले ८० प्रतिशत सवारी कर्जा उपलब्ध गराउने गरेको छ । यसको समयावधि ५ देखि ७ वर्ष हुने बैंकले जनाएको छ ।

वातावरणमैत्री बन्दै विद्युतीय सवारी साधन

इतिहास हेर्ने हो भने नेपालमा विद्युतीय सवारी साधन चल्न सुरु भएको चार दशक बितिसकेको छ । सन् १९७९ मा काठमाडौंमा ट्रली बस र सन् १९९३ देखि सार्वजनिक यातायायतको रुपमा सञ्चालन भएको सफा टेम्पोको इतिहास हामीसँग ताजै छ । तर विद्युतीय सवारीको महत्वलाई नबुझ्दा गति लिन सकेन ।

यद्यपि, विश्वव्यापी रुपमा आएको परिवर्तन र समयको माग सँगसँगै अहिले नेपालमा पनि विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्न थालिएको छ । सरकारले बजेटमार्फत नै विद्युतीय सवारीलाई प्रोत्साहन गरेको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीका कारण वातावरणमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरणका लागि विद्युतीय सवारीले महत्वपूर्ण भूमिका खेलेको छ । विद्युतीय सवारी साधन वातावरणमैत्री, कम खर्चिलो र सर्वसुलभ भएकै कारण अहिले सरकारदेखि सर्वसाधारण समेतको रोजाइमा पर्ने गरेको छ । यसले चर्को मूल्यको पेट्रोलियम पदार्थको आयातलाई घटाउँदै स्वदेशमै उत्पादन भएर खेर गइरहेको विद्युतको सदुपयोग भएको छ ।

सरकारले नै विद्युतीय सवारीलाई प्राथमिकतामा राख्दै आएको बेला नबिल बैंकले समेत यसलाई बढावा दिनको लागि अटो लोन दिएर सहयोग पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *