मेगा बैंकको बार्षिक ९.३६ प्रतिशत ब्याजदर घोषणा

मेगा बैंकले ‘यो तिहारको साथ खुसीयाली खास‘’ योजना सार्वजनिक गर्दै मुद्दती निक्षेपमा बार्षिक ९.३६ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।

तिहारको खुसीयालीमा बैंकले वार्षिक उच्चतम ९।३६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैकले ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा पनि अधिकतम ब्याजदर लागू गर्ने जनाएको छ । निक्षेपकर्तालाई उच्च प्रतिफल दिने उदेश्यले ब्याजदर बृद्धि गरेको बैकले उल्लेख गरेको छ ।

हाल बैंकको नेपालभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर र ८५ एटीएम बुथ रहेका छन् । त्यस्तै बैंकसँग ११९ शाखा रहित बैंकिङ केन्द्रहरु र २३०० भन्दा धेरै रेमिट एजेन्टहरु रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *