नेपाल चेम्बर अफ कमर्सले बैंकहरुले निक्षेप अकर्षित गर्न बढाएको ब्याजदर नियन्त्रणमा नेपाल राष्ट्र बैंकले गरेको हस्तक्षेपको स्वागत गरेको छ ।
चेम्बरले बिहिबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको उच्च ब्याजदर नियन्त्रणका लागि हस्तक्षेप गरी राष्ट्र बैंकले जारी गरेको ३ बुँदे परिपत्र स्वागत योग्य रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘वित्तीय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्दति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने निर्देशन स्वागत योग्य रहेको छ ।’
वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिएपछि बैंकहरुमा निक्षेप तान्न ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा भइरहेको समयमा राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो ।
राष्ट्र बैंकले गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम गर्नसमेत निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदरसमेत बढेको थियो