काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।







