काठमाडौं । सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र एसपी टेकुनन्द इवा लिम्बुलाई गृह मन्त्रालयले फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे मिजरब्याजी प्रति नरम भएको आरोप लागेको छ ।
प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि तानिएको गृह मन्त्रालयका एक अधिकृतले जानकारी दिएका छन् ।
मिटरब्याज सम्बन्धी पीडितको उजुरीलाई ‘आन्देखा’ गरेर उनीहरू पीडकसँग मिलेको गृह मन्त्रालयको निष्कर्ष रहेको छ । सिराहाका मिटरब्याज प्रभावितहरूले केही दिनअघि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
Artha Sanjal
अर्थ सन्जाल