एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९-८० मुनाफाबाट लाभांश वितरण गर्ने भएकोछ ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७८ प्रतिशत नगद लाभांस वितरणको घोषणा गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब १५ करोड ५३ लाख रहेको छ ।

कम्पनीद्वारा प्रस्ताव गरिएको लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *