बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, यो दिन तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, यो दिन चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *