फेरिए काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन्।

सरकारले यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई सरुवा गरी महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको हो।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो।

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। अधिकारी योबीचमा बिदामा बसेका थिए।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई सरकारले मधेसी आयोगमा सरुवा गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *