शतप्रतिशत हकप्रद निष्काशन गर्न अरुण भ्यालीले तोक्यो बुक क्लोज

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) तोकेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि माघ १५ गते बुक क्लोज मिति तय गरेको हो । त्यसैले माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् ,

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँको १:१ अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर बिक्री गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *