सिन्धु विकास बैंकका सेयरधनीको हात खाली

काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको गत पुस २९ गते बसेको समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु अनुमोदन गर्ने प्रयोजनका लागि स्वीकृतिको दिन राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको स्वीकृतीपछि कम्पनीले साधारणसभा बोलाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *