नेपालले अष्ट्रेलियामा टी ट्वान्टी सिरिज खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आगामी अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने बताएको छ । नेपाली टोलीले अस्ट्रेलियामा रहँदा टप इण्ड टि ट्वान्टी सिरिजमा सहभागीता जनाउने छ ।

सिरिजमा सहभागीताको अलावा नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा आयोजना हुदैछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *