घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *