काठमाडौं । सेयर बजारमा आज पनि बढेको छ । सेयर बजार कारोबार मापक नेप्से ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले बढेर ३८६.३३ बिन्दुमा पुगेको छ ।
आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी आज बजारमा सुधार आएपनि ७ उपसूचक राताम्य भएका छन् । आज ६ समूहको सेयर मुल्यमा मात्र सुधार आएको हो । आज बैंकिङ समूहको १.१२ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.१२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सोनापुरको ३२ करोड ७८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हाउजिङ्ग र न्यादी ग्रुपको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज सोनापुरको ३२ करोड ७८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको २८ करोड ८७ लाख रुपैयाँ, न्यादी ग्रुपको १५ करोड ५१ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १४ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, छिमेक लघुवित्त,को ५.९६ प्रतिशत, ग्लोबल आइएमई बैंकको डिबेञ्चरको ५.८७ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.६१ प्रतिशत, माया खोला हाइड्रोपावरको ४.३५ प्रतिशतले सेयर मूल्य घटेको हो ।







