विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको छ। नेपाल धितोपत्र बोर्डले आज कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।
कम्पनीले १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले हकप्रद बिक्रि गर्न अनुमति पाएको हो । कम्पनीले अपर चमेलिया आयोजनाको लागि १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको थियो। यसको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।