काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थलका डीआईजी अर्जुन चन्दले अवैध रुपमा ल्याइएको सुन बरामद भएको जानकारी दिए ।
दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।







