साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि

साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ ।

नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा  वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार  सेयर कारोबार रकममा समेत  उलेख्य  सुधार भएको छ ।  लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा  ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।

सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *