आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी तरकारी बजारले आजका लागि तरकारीको मूल्य सार्वजनिक गरेको छ। जस अनुसार आज चिनियाँभन्दा नेपाली लसुन १० रूपैयाँ महँगो छ।

नेपाली लसुनको भाउ २६० देखि २८० रूपैयाँ प्रतिकिलो छ। चिनियाँ लसुन नेपाली भन्दा १० रूपैयाँ सस्तो २५० देखि २७० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै आज चिनियाँ प्याज र भारतीय प्याजको भाउ पनि घटेको छ।

दुबै प्याजको न्यूनतम मूल्य ८० रूपैयाँ थियो। आज भारतीय प्याजको भाउ ७५ देखि ८५ र चिनियाँ प्याजको भाउ ६५ देखि ७० रूपैयाँ प्रतिकिलो छ।

आज गोलभेँडाको भाउ स्थिर छ। ठूलो गोभेडा ५० देखि ६० रूपैयाँ प्रतिकिलो, भारतीय ठूलो गोलभेँडा ६० देखि ७० रूपैयाँ प्रतिकिलो, सानो लोकल गोलभेँडा २५ देखि २५ रूपैयाँ, सानो टनेलको गोलभेँडा २५ देखि ३५ रूपैयाँ, सोना भारतीय गोलभेँडा ३० देखि ३५ रूपैयाँ र तराईको सानो गोलभेँडा २० देखि ३० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै भारतीय रातो आलुको भाउ ३० देखि ३५ रूपैयाँ प्रतिकिलो तोकिँदा नेपाली रातो आलु ३५ देखि ३८ रूपैयाँ प्रतिकिलो छ। सेतो आलु २६ देखि २८ रूपैयाँ प्रतिकिलो छ।

आज स्थानीय काउलीको भाउ २५ देखि ३५ रूपैयाँ, ज्यापु काउली ३० देखि ४० रूपैयाँ, तराई काउली २० देखि ३० रूपैयाँ र ब्रोकाउली ३० देखि ४० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै मटरकोशा ५० देखि ६० रूपैयाँ, घिउ सिमी ३० देखि ४० रूपैयाँ, टाटे सिमी ४० देखि ५० रूपैयाँ, तितो करेला १०० देखि ११० रूपैयाँ प्रतिकिलो छ।

रायो र तोरीको साग समान ४० देखि ५० रूपैयाँ प्रतिकिलो, पालुगो, चमसुर, मेथी र सौफको साग समान ११० देखि १२० रूपैया र जिरीको साग ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *