मातातीर्थ र फाखेल–फर्पिङ सडक दुई महिना बन्द हुने

कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन १५ गतेसम्मका निम्ति यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ।

उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ। यातायातका साधनका निम्ति हेटौंडा–भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो भएर काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले जानकारी दिएका छन्।

आज बिहानदेखि वैकल्पिक मार्गका रूपमा हेटौंडाबाट आउने हल्का सवारीसाधन उक्त खण्डमा सञ्चालन हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *