सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ ।  आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि ताेलाकाे ३५ रुपैयाँले घटेकाे छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *