काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४१ हजार १३१ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
बैकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहाने इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष १३ गते) ले ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौँमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल