काठमाडौं। ई-सेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले रु एक लाखको शपिङ भौचर जित्न सफल भएका छन् ।
यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी ई-सेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीलाई मंगलबार नै उक्त शपिङ भौचर हस्तान्तरण गरिएको छ ।
ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता प्रनिश अधिकारीलाई उक्त शपिङ भौचर हस्तान्तरण गरे । विजेता प्रनिश अधिकारीले ई-सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका थिए । शपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि ई-सेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए ।
चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि, सबै ई-सेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि ई-सेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवाले भाद्र २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । यस अफरमा ई-सेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खाता मार्फत भुक्तानी गर्दा बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए ।
अर्थ सन्जाल