उद्यमीको हिम्मत बढाउँदै ‘नबिल एसएसई’, भन्छन् – हाम्रो त जीवनस्तर नै फेरियो

काठमाडौं– विराटनगरकी सुनिता राई (छाराहाङ)ले कोभिड–१९ पछिको फुर्सदिलो समयलाई ह्याण्डिक्र्याफ्ट बनाउन सदूपयोग गरिन्। कोरानापछिको लकडाउनले रोजगारीका सबै ढोका बन्द भए । त्यसपछि उनी घरमै बस्न बाध्य बनिन् । घरको फुर्सदिलो समयलाई के गर्ने भन्नेमा उनी अन्यौलमा थिइन्। र, सोहि समयमा उनमा सोच पलायो अब आफूले जानेको सिपको सदूपयोग गर्नु्पर्छ।

No description available.

घरमा भएको पुरानो कपडालाई प्रयोग गरेर उनले होम डेकोरेशन (घर सजावट) सामग्री तयार पार्न थालिन्। समय विताउन उनले सजावटका विभिन्न सामग्री तयार पारिन्। तर, उनीसँग व्यावसायीक आइडिया भने थिएन। यतिकैमा उनले ‘नबिल एसएसई’ को बारेमा थाहा पाइन्। विस्तारै विजनेशप्रति रूची बढेको सुनितालाई उक्त कार्यक्रममा सहभागिता जनाउन मन लाग्यो। उनी सहभागी भइन् पनि। अनि सुरु भयो उनको उद्यमशिताको दिगो यात्रा। केही आइडिया मिल्छ कि भनेर ‘नबिल एसएसई’ दोस्रो ब्याचमा सहभागी भएकी उनले त्यहाँ पुगेपछि व्यापारको पूर्ण प्याकेजबारे जानकारी लिइन्।

No description available.

उनी भन्छिन्, ‘व्यवसाय त सुरु गरेकी थिएँ। तर, केही आइडिया थिएन। केही सिकिन्छ कि भनेर नबिल एसएसईमा भाग लिएँ। धेरै कुरा सिक्ने मौका पाइयो। विज्ञहरूसँग भेटेर व्यवसायीक आइडिया लिन पाइयो। व्यावहारिकदेखि सैद्धान्तिक पाटोहरूको बारेमा समेत बुझ्ने सिक्ने मौका पायौं।’ उनी आमाको चिनोको सञ्चालिका हुन्। जुट, युजलेस कपडा, मकैको खोस्टा, पराललगायत वस्तुको प्रयोगबाट डेकोरेशनका सामग्री तयार गर्छिन्। पहिलेपहिले चिनजानको मान्छेसम्म मात्र उत्पादित सामग्री बिक्री गर्ने उनी अहिले डिजिटल मार्केटिङमार्फत अनलाइन विजनेश गरिरहेकी छिन्।

No description available.

‘केही गर्छु भन्नेलाई आइडिया दिने मान्छेमात्र भयो भने पनि धेरै हिम्मत आउँदो रहेछ। ’नबिल एसएसई’ मेरो हिम्मत बनेको छ। आफूलाई कोभिडको उद्यमी भन्न रुचाउने सुनिता विजनेश बढाउने मात्र होइन अरुलाई सिकाएर धेरैलाई उद्यमी बनाउने सोचमा छिन्,’ उनी भन्छिन्।

विराटनगरकै सुनिल कार्की आईटीका विद्यार्थी हुन्। उनलाई विजनेश गर्ने रहरले नबिल बैंकको सो कार्यक्रममा सहभागी बन्ने इच्छा जाग्यो। पेडागोजी होम ट्युसन चलाइरहेका उनले नबिलको उक्त कार्यक्रममा सहभागिता जनाइसकेपछि व्यवस्थापकीय ढंगले कसरी व्यवसाय सञ्चालन गर्नुपर्छ भन्नेबारे ज्ञान हासिल गरे।

’व्यवसाय त पहिलेदेखि नै गरिरहेको थिएँ। तर, व्यवस्थापकीय ढंगबाट दीर्घकालिन योजना बनाएर गरेको थिएन। चलिरहेकै छ भन्नेमात्र थियो। नबिल एसएसईमा गइसकेपछि व्यवस्थितरूपमा व्यवसाय गर्नुपर्छ भन्ने कुरा सिकियो,’ उनले भने, ‘टिम वोर्क, मनि म्यानेज र डिजिटल मार्केटिङदेखि विजनेश प्रपोजल तयार गर्नेसम्मको ज्ञान नबिल एसएसईले नै मलाई दिएको हो।’

No photo description available.

नबिल बैंकले विराटनगरमा बराह हर्बल कस्मेटिक सञ्चालन गर्दै आएकी अम्बिता भण्डारीको हौसला बढाइदिने काम गर्‍यो। थोरै लगानीबाट व्यवसायिक यात्रा सुरु गरेकी अम्बिताको व्यवसायको आकारमात्र बढेको छैन। आत्मविश्वास पनि बढेको छ। सफल उद्यमी कसरी बन्ने भन्ने आइडिया पनि थपिएको छ। उनको आत्मविश्वास बढ्नुको पछाडि नबिल बैंकको उद्यमी जन्माउने कार्यक्रम ‘नबिल एसएसई’को ठूलो हात रहेको छ।

उनी भन्छिन्, ’विजनेश त पहिलेदेखि नै गरेको हो। तर, व्यपस्थापकीय पक्ष मजबूत थिएन। भद्रगोल तरिकाले चलाइरहेका थियौं। त्यहाँ गइसकेपछि व्यवस्थापकीय पक्षमा पनि ध्यान दिनुपर्ने रहेछ भन्ने कुरा सिक्ने अवसर पायौं। कार्यक्रम एकदम प्रभावकारी लाग्यो। पहिले लिन पाएको भए अझैँ अगाडि बढिन्थ्यो पनि होला।’ उनले स्किन र हेयर केयरको सामग्री उत्पादन गर्दै आइरहेकी छिन्। उनको उत्पादन नेपालगञ्ज, सुर्खेतदेखि काठमाडौंसम्म पुग्ने गरेको छ।

सिया फुड उद्योगकी सञ्चालिका कविता कार्कीलाई १० दिने औद्योगिक मेलाले उद्यमी बन्ने रहर जगायो। नेपाल उद्योग परिसंघले विराटनगरमा आयोजना गरेको औद्योगिक मेलाको प्रदर्शनीमा आफूले घरमै बनाएको अचार राखेपछि धेरैले अचार मन पराए। त्यसपछि  उनमा अचारलाई नै व्यावसायिक रूपमा अगाडि बढाउने सोच पलायो।

No description available.

तर, विजनेश आइडिया नहुँदा आँट भने गर्न सकिनन्। पछि नबिल बैंकमै काम गर्ने चिनजानका कर्मचारीले ‘नबिल एसएसई’ बारेमा बताएपछि सहभागी भइन्। उद्यम गरौं कि नगरौं भन्ने दोधारमा रहेकी कवितालाई त्यो कार्यक्रमले आत्मबल थपिदियो। अनि त उद्योग नै दर्ता गरेर अचार उत्पादन गरेर बजारीकरण गर्न थालिन् । उनले स्टाफसमेत राखिसकेकी छिन्। उनले उत्पादन गरेको अचार अहिले विराटनगरका बजारदेखि दराजमार्फत देशभर पुगिरहेको छ।

No description available.

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वटै प्रदेशमा ‘नबिल एसएसई’ कार्यक्रम चलाइरहेको छ। साता वटै प्रदेशका स्कुलसँगको सहकार्यमा चलिरहेको कार्यक्रम विराटनगरस्थित महेन्द्र मोडर्न आदर्श बहुमुखी क्याम्पसमा पनि सञ्चालनमा रहेको छ। माथिका सहभागीहरू सोही क्याम्पसबाट प्रशिक्षित भएका हुन्। नबिल बैंकले युवाहरूलाई तालिम, सिप तथा ज्ञानको माध्यमबाट उद्यमशीलतामा जोड्ने प्रयास गरिरहेको छ।

नयाँ उद्यमीलाई अवसर

’नबिल एसएसई’को कोशी प्रदेश संयोजक बेद संग्रौला नबिल बैंकले ल्याएको यो कार्यक्रमले नयाँ उद्यम व्यवसाय गर्नेहरूको लागि राम्रो अवसर प्रदान गरेको बताउँछन्। अहिले विराटनगरमा ’नबिल एसएसई’ को तेस्रो सेसन चलिरहेको छ। पहिलो र दोस्रो सेसनमा गरी ५० जना प्रशिक्षार्थीले सर्टिफिकेटसमेत प्राप्त गरिसकेका छन्।

No description available.

संग्रौला भन्छन्, ‘यो कार्यक्रमले उद्यमी बन्न चाहिने आवश्यक खुराक पस्किरहेको छ। रजिस्ट्रेसन, व्यावसायिक विचार, ब्रान्डिङ, मार्केटिङ र नेटवर्किङका कुराहरू सिकाउँछ। विजनेश प्रपोजलका कुराहरू पनि सिकाउँछ। हामीमध्ये कतिपय सहभागी कम्पनी दर्ता गरेर उद्यमी बनिसकेका छौं।’ अगाडि नै व्यवसाय सुरु गरिसकेकाहरूको लागि पनि कार्यक्रम अर्थपूर्ण भएको उनले बताए। उद्योग संगठन मोरङ र घरेलु तथा साना उद्योग महासंघसँगको सहकार्यमा संघका प्रतिनिधिहरूले समेत विजनेश आइडिया प्रदान गरिरहेको उनी बताउँछन्। सहभागीहरूलाई फिल्ड भिजिटसमेत गराइने उनले बताए।

No description available.

हालसम्म सहभागी भएकाहरूमा रजिस्ट्रेसन गर्न झन्झट भएको, ट्याक्स नबुझेको, कमीकमजोरीहरू केलाउन नजान्ने, ऋणसँग सम्बन्धित समस्याहरू झेलिरहेको पाइएको संग्रौलाले बताए। कार्यक्रमले यी समस्या र उल्झनलाई हटाउन सघाएको सहभागीहरूको भनाइ छ।

के हो ’नबिल एसएसई’ ?

नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप अर्थात् ’नबिल एसएसई’ नबिल बैंकले दुई वर्षअघि सुरु गरेको सामाजिक उद्यमशिलासम्बन्धी कार्यक्रम हो। यस कार्यक्रमले उद्यम गर्न चाहनेहरूलाई तालिमका साथै मेन्टरसिप पनि प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यो कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनिरहेको छ।

दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीले यो कार्यक्रममा सहभागिता जनाएको बैंकले उल्लेख गरेको छ। जसबाट ५२ वटा उद्यम जन्मिँदा आठ सय ६९ जनाले रोजगारी पाएको जनाइएको छ।

No description available.

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम ल्याइएको बैंकले जनाएको छ। स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तीय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोसिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम छन्।

May be an image of 10 people, table and text that says 'N BILSSE NABIL SSE Can'

त्यसैगरी फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित हो। जुन काठमाडौंको कीर्तिपुरस्थित त्रिविमा गराइन्छ। ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्डअनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिलाई उद्यमशीलताको तालिम दिइनेछ। उनीहरूका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ। सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन्।

May be an image of 11 people, people studying, table and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *