शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीकाे पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयाेजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *