नारी दिवसमा सनराइज बैंकले ल्यायो नारी बचत खातामा विशेष सुविधाहरु

सनराइज बैंकले नारी दिवसको अवसर पारेर नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने घोषणा गरेको छ।

बैंकले यस्तो खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्तालाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने भएको छ। यसका साथै यो खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च र ८० हजार रुपैयाँसम्म अस्पताल भर्ना भएर उपचार गरेको खर्च पाइने छ।

महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले फरक खालको योजना ल्याएको बैंकले जनाएको छ। यसबाट महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन र उनीहरुलाई सशक्तीकरण गर्न सहयोग पुग्ने बैंकको आशा छ।

बैंकले यस्तो स्वास्थ्य बीमा योजना उपचार खर्च नेपालको अस्पतालहरुबाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा पनि पाइने र सिंगारपुर तथा थाइल्यान्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *