लक्ष्मी सनराइज बैंकले गर्‍यो लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडाैं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *