


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
मन्त्रालयका अनुसार उनले २७ मङ्सिरबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन् । उनी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनले १५ महिना अगाबै पदबाट राजीनामा दिएका हुन् ।
Artha Sanjal

अर्थ सन्जाल