नारी दिवसमा नबिल बैंकको नबिल एफडी कार्ड योजना

नबिल बैंकले क्रेडिट कार्डअन्तर्गत नबिल एफडी कार्ड नबिल फिक्सड डिपोजिट कार्ड सुरु गरेको छ । मुद्दती निक्षेप फिक्सड डिपोजिट ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा प्रदान गर्ने जनाइएको छ ।

नारी दिवसको अवसरमा नबिल बैंकले सन् २०२२ मार्चमा कार्डका लागि आवेदन अप्लाई गर्ने ग्राहकहरूका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्ने भएका छन् ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावालरग्राहकहरूलाई आफ्नानजिकका परिवारका सदस्यहरूका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्परसुविधा गरेको बैंकले बताएको छ । दुई लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्धती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिने बैंकले जानकारि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *