बराह ग्रुपका प्रबन्ध निर्देशक अमित राज दोहरो नागरिक

विवादास्पद औषधिको कारोबारी राजकिशोर प्रसादको छोरा, अमित राज दोहोरो नागरिक भएको उलेख भएको छ ।

बराह ग्रुपका प्रबन्ध निर्देशक रहेका अमित राज विशुद्ध भारतीय नागरिक रहेको र विहारको मतदाता नामावलीमा उहाको नाम समेत रहेको छ । आमा गीता रानीको छोरा रहको उल्लेख गरि भारतीय मतदाता नामवलीमा उनको नाम रहेको र उनको आमा भारत विहार सरकारको कर्मचारी समेत भएको श्रोतले दाबी गरेको छ ।

अमित राजको बुवा राजकिशोर पनि झुठो विवरण दिएर जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको बुझिएको छ । अमित राजको विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सप्रमाण उजुरी दिएपनि हालसम्म अमितराजमाथि कारवाही अगाड़ी बढेको छैन ।

“मेरो बुवा राज किशोरको नेपाली काँग्रेसका नेताहरुसंग उठबस रहेको र गृह मन्त्रालय नेपाली काँग्रेसको जिम्मामा रहेकोले आफूलाई कसैले कारवाही गर्न नसक्ने ” भन्दै अमित राजले डिङ हाँक्दै हिंडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *