मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा निष्काशनको पहिलो दिन मै डेढ गुणा बढी आवेदन परेको छ।

मुक्तिनाथ कृषि कम्पनीले आज मंसिर ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। सीडीएसका अनुसार आज साँझ ५ बजेर ७ मिनेटसम्म यो आईपीओमा १ लाख ६४ हजार ८४२ आवेदकबाट १८ करोड ४४ लाख ८७ हजार रुपैयाँ अर्थात १८ लाख ४४ हजार ८७० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन आवेदन मागभन्दा १.६१ गुणाले बढी हो।

दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *