


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको वार्षिक साधारणसभा आगामी मङ्सिर २८ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस सेयर र करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ सन्जाल