न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

काठमाडाैं । इंग्ल्यान्डले विश्वकप क्रिकेट-२०२३ को आफ्नो अन्तिम लिग चरणको खेलमा शनिबार पाकिस्तानलाई ९३ रनले हराएको छ । यस जितसँगै इंग्ल्यान्ड अर्को वर्ष हुने च्याम्पियन्स ट्रफिका लागि छनोट भएको छ ।

यो नतिजापछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना पनि सकिएकाे छ । अब प्रतियोगिताको पहिलो सेमिफाइलनमा भारतले न्युजिल्यान्डको सामना गर्नेछ । अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्ने छन् ।

पाकिस्तानले न्युजिल्यान्डलाई उछिनेर अन्तिम चारमा प्रवेशका लागि ४० बलभित्र विजयी लक्ष्य हात पार्नु पर्ने समीकरण बनेको थियो । हारपछि पाकिस्तान ८ अंकमै सीमित भयो ।

इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै नौ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो । यसमा बेन स्टोक्सले ७६ बलमा सर्वाधिक ८४ र बनाए । यस्तै जोनी बियरस्टोले ५९ र जोए रुटले ६० रन बनाए ।

जवाफमा पाकिस्तानले ४३.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन मात्र बनाउन सक्यो । आगा सलमानको ५१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । इंग्लिस बलरमध्ये डेविड वेलीले तीन विकेट लिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *