डेढ करोड बढीको सामान बोकेको भारतीय ट्रक प्रहरीको नियन्त्रणमा

पर्सा । प्रहरीले डेढ करोड रूपैयाँ बढीको सामान बोकेका भारतीय ट्रक नियन्त्रणमा लिएको छ।

शुक्रबार राति ११:५० बजे जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले ठूलो परिमाणमा अवैध सामान बरामदसहित ट्रकहरू नियन्त्रणमा लिएको हो।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगञ्जमा भारतीय ट्रकहरूमाथि प्रहरीलाई शंका लागेपछि रोकेर चेकजाँच गर्दा बिलबिजकभन्दा बढीका सामानहरू फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बरामद सामानको मूल्य १ करोड ६४ लाख ४८ हजार ५ सय ८ रूपैयाँ बराबर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *