आइतवार प्रि –ओपन सेसनमा नेप्से परिसूचक ४ दशलमव ४८ अंकले झरेको छ ।
प्रि –ओपन सेसनमा नेप्से परिसूचक २ हजार ५४२ दशलमव ५६ विन्दुमा घटेको हो । २३ ओटा कम्पनीको ४ हजार २५७ कित्ता शेयर रू २२ लाख ५५ हजारमा खरीदविक्री गरिएको छ । प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको रू ६ लाख ७४ हजार बराबर भएको छ ।