


काठमाडौं । सुनसरीकाे धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशनपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
प्रबन्धक ई. नलबिक्रम थापाको संयोजकत्वमा गठीत तीन सदस्यीय कार्यदलमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य छन् । कार्यदललाई विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरि यथासक्य छिटो प्रतिवेदन बुझाउन भनिएको छ ।
Artha Sanjal

अर्थ सन्जाल