


राष्ट्रिय महिला क्रिकेट टीमकाे कप्तान बनिन् इन्दु बर्मा
काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन् । नेपाल क्रिकेट संघ क्यानले करिब एक दशकयता कप्तान रहेकी रुबिना क्षेत्रीलाई हटाएर इन्दुलाई उक्त जिम्मेवारी दिएकाे हाे ।
रुबिना राष्ट्रिय टोलीमा यथावत भने छिन् । हङकङमा हुने चार देश सम्मिलित टी-२० शृखलाका लागि घोषित राष्ट्रिय टोलीमा इन्दु कप्तान रहेको उल्लेख छ ।
उपकप्तानको जिम्मेवारीमा विन्दु रावल छिन्। अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिनले छन् ।
Artha Sanjal

अर्थ सन्जाल