सात पार्टी मिलेर वैकल्पिक शक्तिको निर्माण भैरहेको छ : अध्यक्ष साह

काठमाडौं । नेपाल जनता दलका अध्यक्ष हरिचरण साहले सात दल मिलेर वैकल्पिक सिद्धान्त र शक्तिको निर्माण भैरहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले विभिन्न सात दल मिलेर वैकल्पिक व्यवस्था, सिद्धान्त र शासन प्रणालीको साथमा नयाँ शक्तिको निर्माण भैरहेको दाबी गरे ।

उनले भने, ‘देशमा अव अर्को नयाँ वैकल्पिक सिद्धान्तका साथ वैकल्पिक व्यवस्थाको शासन प्रणालीसँगै वैकल्पिक शक्तिको निर्माण भैरहेको छ । हामी सात पार्टी अब एक पार्टी हो ।’

साहले एकताबद्ध भएको भनेको सात पार्टीमा नेपाल सुशासन पार्टी, नेस्नलिष्ट पिपुल्स पार्टी, नेपाली जनता दल, नेपाल लोकतान्त्रीक पार्टी, नेपाल आमा पार्टी, कराष्ट्रिय नागरिक पार्टी र राष्ट्रवादी केन्द्र नेपाल रहेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *